कोभिड १९ रोकथाममा धुलिखेल नगरपालिकाले गरेका कामहरु

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे। धुलिखेल नगरपालिका नेपालकै सबै भन्दा धेरै खोप लागाउने शहर बनेको छ। हामी सबैलाई राम्रो संग थाहा छ कोभिड १९ ले वास्तवमा नै आफुलाई विश्वको सबैभन्दा शक्तिशाली मुलुक भन्ने देशहरूलाई नै घुडा टेकाएर त्राही त्राही बनाइ रहेको अवस्थामा हाम्रो देश पनि यो महामारीबाट अछुतो रहन सकेन संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारहरुको सम्पुर्ण ध्यान कोभिडको पुर्ण रोकथाममा केन्द्रित गरेर काम गरि रहेको अवस्थामा धुलिखेल नगरपालिकाले महामारीको सरुवात देखी नै यसको रोकथामलाई प्रमुख प्राथमिकतामा राखेर योजना बनाइ चरण बद्धरुममा कामहरु गर्दै आएको छ।
    सुरुवात देखी आज सम्म धुलिखेल नगरपालिकाले के के काम गर्यो त
    – कोभिडको सुरुवातमा बन्दाबन्दि (lockdown)लाई कडाइका साथ कार्यान्वयन गरायो ।
    – पालिका स्तरमा नेपाल कै सर्वत्कृष्ट ५० बेडको क्वारेन्टाइनको व्यवस्था गर्यो ।
    – जनप्रतिनिधिहरुको सक्रियतामा डिसइन्फेक्सनको काम सहर देखी गाउँ गाउँ सम्म स्थानीय वासीहरु परिचालन गरि टोल टोल बस्ती बस्तीहरु सबै ठाँउमा गर्‍यो ।
    – प्रवाभकारी ढंगबाट निम्न स्तरको ज्याला मजदुरि गरेर जिविकोपर्जन गर्ने परिवारलाई राहत सामग्री वितरण गर्‍यो ।
    – संक्रमित ब्यक्तीको सम्पर्कमा रहेको सबैलाई कन्ट्यक ट्रेसिङ गति टोल टोल स्तरमा निशुल्क pcr परिक्षण गर्‍यो र यसको निरन्तरता अहिले सम्म पनि यथावत नै छ ।
    – संक्रमित व्यत्तीहरुको घर घरमा नै पुगेर र निशुल्क औसधि वितरण गर्यो ।
    – जो संक्रमित छ र आर्थिक रुपमा पनि कम्जोर छ उसलाइ oxygen को ब्यवस्था गर्‍यो र धुलिखेल अस्पताल संग समन्वय गरेर उपचार गर्ने काम गर्‍यो ।
    -सरुवात देखी नै कोभिड विरुद्धको खोपको सहि ढंग बाट वितरण गर्ने कार्य गर्‍यो र आज धुलिखेल नगरपालिकाको सबै जसो नागरिकले कोभिड विरुद्धको खोप लगाइ सकेका छन् ।
    जस्को नजरले जसरि हेरे पनि यी सबै काम त भएका नै हुन नि
    यो कसरी सम्भव भयो
    एउटा कुशल नेतृत्व जस्ले जनताको हितको निम्ति सदैव आफुलाइ सुम्पेको छ र कर्मचारीहरुको अथक मिहेनत र जनप्रतिनिधिहरुको काम प्रतीको लगनशीलता बाट नै सबैको साथ र सहयोगमा नै यो सबै सम्भव भएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button