एमालेले शाक्यलाई वाग्मतीको मुख्यमन्त्री बनाउने

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे- बाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमालेले अष्टलक्ष्मी शाक्यलाई बनाउने भएको छ । डोरमणि पौडे मुख्यमन्त्री पदबाट राजीनामा दिने भएपछि शाक्यलाई एमालेले मुख्यमन्त्री बनाउन लागेको हो ।

    बुधबार प्रदेशसभा सचिवालयमा बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो ।’ पौडेलले राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ,’ सांसद अरुण नेपालले भने ।

    वाग्मती प्रदेशमा सभामुखसहित १०९ जना सांसद छन। तीमध्ये ५६ जना एमालेका छन् । एमालेका ५६ सांसदमध्ये २३ जना नेपाल पक्षका छन्।

    Article inline ad #1
  • प्रदेशमा सरकार बनाउनका लागि ५५ जना सांसद भए पुग्छ । बुधबार शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गर्दा ४९ जना सांसदहरुको उपस्थिति रहेको थियो भने ७ जना सांसदहरु अनुपस्थित थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button