अझै केही दिन मनसुन सक्रिय रहने

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे — अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

    ‘न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको भए पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण अझै मनसुन सक्रिय भएको हो,’ मौसमविद् श्रेष्ठले भने ।

    विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    Article inline ad #1
  •  

    हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

    सोमबार देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साभार : ईकान्तिपुर

    Article inline ad #2
  •  

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button