पतञ्जली मेडिकल कलेजको ठगि धन्दाको विद्यार्थीले गरे पर्दाफास अनेरास्ववियु काभ्रेले दियो विद्यार्थीलाई साथ

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रेमा यतिबेला सर्वत्र चर्चाको विषय बनेको छ पतञ्जली मेडिकल कलेजको ठगि धन्दा जस्को पर्दाफास सोहि कलेजका विद्यार्थीले गरेका छ्न।
    क्याम्पसमा अध्ययनरत ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो ब्याचमा अध्ययनरत विद्यार्थीले क्याम्पसको ज्याजति विरुद्ध आन्दोलनमा होमिएको हुन।

    क्याम्पस प्रसाशनको अनियमितता विरुद्ध आन्दोलित विद्यार्थी

    क्याम्पसले पठनपाठन बन्द गराएको र  पूर्व सूचना बिना नै भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ पनि साउन १ गतेदेखि रोकिएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन ।

    चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रको लागि सिट नदिएको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय काभ्रे र धुलिखेल नगरपालिका, ध्यानाकर्षण गराएका छ्न। उक्त विषयलाई लिएर विभिन्न सरकारी निकाय, नेपाल संस्कृत विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग समक्ष पत्र बुझाउँदा पनि कुनै सम्बोधन नभएको विद्यार्थीहरुको गुनासो रहेको छ। पठनपाठन बन्द भएको ३३ औँ दिनमा विद्यार्थीहरुले मन्डिकाटारमा शान्तिपूर्वक प्रदर्शन गर्दा गर्दै  प्रहरी बोलाएर धरपकड गरी प्रहरी कार्यालय चक्रपथमा हिरासतमा राख्नु अमानविय भएको विद्यार्थीहरुले बताएका छन् ।

    Article inline ad #1
  • क्याम्पसमा भौतिक पूर्वाधार, अस्पताल, प्रयोगात्मक कक्षाको लागि उपयुक्त शिक्षक तथा सर–सामाग्री, उपकरण लगायतको अभाव भएको, क्याम्पस स्थापनाको प्रथम वर्षदेखि नै अस्पताल सञ्चालनमा नआएको र झुठो अस्वासन दिएको, क्याम्सपमा विशेषज्ञ शिक्षकहरुको अभाव र पटक पटक शिक्षक परिवर्तन गर्नाले शैक्षिक गुणस्तरमा आँच आएकोमा समेत  विद्यार्थीहरुले चिन्ता व्यक्त गरेका छ्न।

    पतञ्जली आयुुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले विद्यार्थीहरुको भविष्य माथि गरेको खेलबाडका विरुद्ध अनेरास्ववियु काभ्रेले प्रेस विज्ञप्ति नै जारि गरेर उक्त घटनाको छानबिन गरि विद्यार्थीको भविस्यमाथि ज्याजति  भएको विषयमा कलेज प्रसाशन,चिकित्सा शिक्षा आयोग  तथा सम्पुर्ण सरोकारवाला निकास समक्ष अनेरास्ववियु काभ्रेले ध्यानाकर्षण समेत  गराएको छ।

    अनेरास्ववियु काभ्रेका संयोजक गोबिन्द उप्रेतीले कलेज प्रशासनको ज्याजति विरुद्ध विद्यार्थीको हक अधिकार प्राप्तिको निमित्त अनेरास्ववियु काभ्रे  विद्यार्थीको आधिकार प्राप्तिको निमित्त आन्दोलनमा होमिएको विद्यार्थीसङ पुर्ण एकतावर्द गर्दै विद्यार्थीलाई न्याय दिलाउने र दोषीलाई कटघरामा उभ्याउन अनेरास्ववियु काभ्रेले सकृय भुमिका निभाउने प्रतिवदता  समेत जनाउनु भयो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button