लुम्बिनी प्रदेशमा ८१ करोड अनियमितता

Above Article Ad
  • Above Article Content Ad
  • रूपन्देही — लुम्बिनी प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायमा आव २०७६/७७ मा ९४ करोड ७४ लाख ८५ हजार रकम बेरुजु देखिएको छ ।

    महालेखा परीक्षकको ५८ औं प्रतिवेदनअनुसार सोही अवधिमा प्रदेशमा ८१ करोड ४३ लाख ९५ हजार रुपैयाँ अनियमितता भएको छ । बेरुजुमध्ये ६ करोड १४ लाख ५५ हजार रुपैयाँ असुल हुनुपर्ने र ७ करोड १६ लाख ७१ हजार रुपैयाँ कर्मचारीले पेस्की बुझेका हुन् ।

    प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु छ । दोस्रोमा सामाजिक विकास, तेस्रोमा उद्योग पर्यटन, वन तथा वातावरण र चौथोमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् । सबैभन्दा कम बेरुजु हुनेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छ । भौतिक मन्त्रालयको बेरुजु ७४ दशमलव ९७ प्रतिशत छ भने मुख्यमन्त्री कार्यालयको शून्य दशमलव ०४ प्रतिशत छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको शून्य दशमलव ५५ प्रतिशत बेरुजु छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै मातहत रहेको मुख्य न्यायाधिवक्ताको कार्यालय र मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयको बेरुजु भने शून्य नै छ ।

    Article inline ad #1
  •  

    आव २०७६/७७ मा महालेखा परीक्षक कार्यालयले प्रदेशका १ सय ६६ कार्यालयको लेखा परीक्षण गरेको थियो । तीमध्ये ९७ कार्यालयमा अंक किटानी गरेको (लगती) बेरुजु देखिएको छ । त्यस्तै प्रदेश सभाका संसदीय समिति तथा अन्य जिल्ला तहका कार्यालय र समिति १६ मध्ये १३ मा लगती बेरुजु देखिएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालका प्रमुख दीपक ज्ञवालीले लगती बेरुजु देखिएको भए पनि आव २०७५/७६ को तुलनामा आव २०७६/७७ को बेरुजु अंक घटेको बताए । अघिल्लो वर्ष लुम्बिनी प्रदेशमा कुल लेखा परीक्षण अंकको ३ दशमलव १३ प्रतिशत बेरुजु थियो । आव २०७६/७७ मा त्यो घटेर २ दशमलव ३९ प्रतिशत देखिएको छ ।

     

    ‘त्यसलाई सकारात्मक नै मान्नु पर्छ,’ उनले भने, ‘प्रदेश संरचना स्थापना र व्यवस्थापनको समय भएकाले केही सैद्धान्तिक र केही लगती बेरुजु देखिएको हो, जुन पछिल्ला वर्षमा घट्दै गएको छ ।’ कुल बेरुजु रकममध्ये ८५ दशमलव ९५ प्रतिशत नियमित हुनुपर्ने, ७ दशमलव ५६ प्रतिशत पेस्की र ६ दशमलव ४९ प्रतिशत असुल हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    Article inline ad #2
  • साभार : ई कान्तिपुर

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button