राजनीतिमै जीवन बिताएकाले समेत आफ्ना छोराछोरीलाई राजनीतिबाट टाढा राख्न थालेका छन्। के राजनीति साच्चै खराब हो त ?

"नयाँ पुस्ता आउन छाडेपछि राजनीतिमा बाँकी रहने उनै पूरानो पुस्ता हो, जसले समाजमा ‘बासी अनुहार’को दुर्वाच्य खेप्नुपर्ने अवस्था आएको छ " तर, राजनीतिको चित्र यही मात्र हो त? 

Above Article Ad
  • Above Article Content Ad

    पछिल्लो समय यस्ता टिकाटिप्पणी राजनीतिसँग सिधा साइनो नभएका मात्र होइन, स्वयं राजनीतिमै रहेकाहरुबाट समेत सुनिनु सामान्य झैं हुन थालेको छ। आफ्नो जीवनस्तरदेखि देश र दुनियाँ बदल्ने अपेक्षा राजनीतिबाटै गर्ने जोकोही पनि राजनीतिप्रति सन्तुष्ट देखिँदैनन्। आखिर किन?

    विश्वविद्यालयमा राजनीतिशास्त्र पढ्न चाहनेको आकर्षण ह्वात्तै घटेको लामो समय हुन थालिसक्यो। सन्तानलाई कुनै पनि पेशागत र व्यावसायिक जीवनमा प्रवेश गरेको देख्न चाहने अभिभावक मात्रको के कुरा, राजनीतिमै जीवन बिताएका अभिभावकले समेत आफ्ना छोराछोरीलाई राजनीति र यससम्बन्धी गतिविधिबाट टाढा राख्न थालेका छन्। यस्तो किन?

    कुनै बेला राजनीतिको मुहान क्याम्पस–विश्वविद्यालयहरु थिए। विद्यार्थी राजनीति हुँदै खारिएर आउने पुस्ता राजनीतिमा सक्रिय रहन्थ्यो। पछिल्लो समय नयाँ पुस्तासँगै अभिभावकमा झांगिदो यस्तो मनोविज्ञानले क्याम्पस र विश्वविद्यालयहरु राजनीतिका मुहान बन्न छाडेका छन्। राजनीतिमा आउने मुहान फेरिएको छ। भनिरहन नपर्ला, सजिलै धन कमाउन चाहनेहरुको जमातको प्रवेश राजनीतिमा क्रमशः बढ्दो छ। ठेक्कापट्टा, तस्करी र स्रोतसाधनको दोहनबाट लाभ उठाउन खोज्नेहरु नै राजनीतिमा बढ्दैछन्। यो एक प्रमुख कारण हो जसले राजनीतिलाई सेवाभाव ठान्नेहरु क्रमशः यसबाट टाढिँदैछन् भने यसलाई पद र धनआर्जनको साधन बनाउन चाहनेहरु नजिकिँदैछन्। यही नै नयाँ पुस्ताको आकर्षणमा अबरोध पनि बनिरहेको छ। 

    Article inline ad #1

    नयाँ पुस्ता आउन छाडेपछि राजनीतिमा बाँकी रहने उनै पूरानो पुस्ता हो, जसले समाजमा ‘बासी अनुहार’को दुर्वाच्य खेप्नुपर्ने अवस्था आएको छ। 
    तर, राजनीतिको चित्र यही मात्र हो त? 

    होइन। राजनीतिलाई हेर्ने यो वक्रदृष्टि जति नै झांगिएको किन नहोस्, राजनीतिप्रतिको वितृष्णा जति नै चुलिएको किन नहोस्, यही अवस्थाबीच पनि नयाँ पुस्ताका केही अनुहार छन्‚ जसले राजनीतिलाई आफ्नो जीवन बनाएका छन्। राजनीतिमै केही गर्ने लक्ष्य निर्धारण गरेका छन्। ती सडकमा छन्, सामाजिक सञ्जालमा छन् र छन् परिवर्तनबाट स्थापित मुद्दाका पक्षमा उभिन जहाँ पनि। राजनीतिमै रत्तिएका उनीहरु कुनै दलमा आवद्द छन् तर पदप्राप्तिको पछाडि कुदेका छैनन्। सामाजिक विसंगति, शासकीय कमजोरी र राजनीतिक परिवर्तनका लागि आवाज उठाउने काममा आफूलाई होमिरहेका छन्। काठमाडौंमा आएर बग्ने उखु किसानको आँसुले उनीहरुलाई पोल्छ, लिम्पियाधुरामा भारतले धावा बोल्दा पनि उनीहरुलाई उद्देलित गराउँछ। संविधान र विधिको शासनमाथि हस्तक्षेप हुँदा यो पुस्ता ‘फ्रन्टलाइन’मा देखापर्छ। 

    सबभन्दा महत्वपूर्ण त उनीहरु सामाजिक न्यायसँग सरोकार राख्ने हरेक आन्दोलनमा हिस्सेदार बन्न चाहन्छन्। कुनै दलविशेषमा आबद्ध भए पनि अन्याय महशुस हुँदा सडकमा आउन उनीहरुलाई पार्टी र नेताको निर्देशन कुर्नुपर्दैन। परिवर्तनका मुद्दामा सहकार्य गर्न उनीहरुलाई फरक राजनीतिक विचारले छेक्दैन। 

    उनीहरु लडिरहेका छन्, आफ्नो भविष्यका लागि, आफ्नो पुस्ताका लागि र बृहत्तर रुपमा देशका लागि। त्यो लडाईंको मैदान बनेको सडकमा बर्सिने पानीको फोहोराको तेज थाहा छ, लाठी र बुटले दिने चोटको अनुभव छ र प्रहरी हिरासतको अँध्यारोको पनि अनुभव छ। तर, उनीहरु आफूलाई रोक्दैनन्। सफलता वा असफलता, नतिजा वा नतिजाविहीनता समयले पनि निर्धारण गर्छ, तर उनीहरुको लगन र समर्पण निरन्तर छ। 
    ती युवा राजनीतिज्ञ, जो वर्तमानमा सडकमा छन्, भविष्यमा राजनीतिलाई नेतृत्व दिने ठाउँमा पुग्न सक्छन्। हजुरबा/आमा पुस्ताले शासन चलाइरहेको देशमा उनीहरुलाई लागेका कुरा भन्नु छ। आफ्ना अनुभूति सुनाउनु छ। तर, लागेका कुरा भन्ने ठाउँ सीमित छन्, उक्लिने मञ्च निश्चित छन्। त्यही भएर उनीहरु सडकमा नेतृत्व गरिरहेका छन्। उनीहरु सबल र सक्षम भइसके भन्ने हाम्रो निर्क्यौल होइन। तुलनात्मक रुपमा कैयन् कमजोरी उनीहरुमा पनि छ। तर, आफैँलाई सुधारेर अघि बढ्ने तत्परता देखाइरहेको यो पुस्ताले केही सम्भावना पक्कै देखाएको छ। राजनीतिको नयाँ पुस्ताको त्यही सम्भावना उजागर गर्ने मञ्चको रुपमा हामीले यो स्तम्भ शुरु गरेका छौं। 

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button