होसियार रहौं ! स्क्रबटाइफस(Scrub Typhus)ले बिकराल रुप लिन सक्छ ।

Above Article Ad
  • Above Article Content Ad
  • सन्दीप केसी (स्वास्थ्य शाखा प्रमुख, धुलिखेल नगरपालिका) धुलिखेल, काभ्रे | कोभिड १९को संक्रमण सँगै हाल स्क्रब टाइफसका बिरामी दैनिक रुपमा बढेको देखिएको छ । बिगत कही दिनदेखि धुलिखेल अस्पताल तथा शिर मेमोरियल अस्पतालमा स्क्रब टाइफस (Scrub typhus)  का बिरामी बढ्न थालेको अस्पताल श्रोतहरुले जनाएका छन। धुलिखेल अस्पतालमा ७ देखि १७ बर्ष सम्मका ३ जनाको मृत्यु भैसकेको माहामारी बिज्ञ डा. दिपेश ताम्राकारले बताएका छन् ।  स्क्रब टाइफस (Scrub typhus)  वा बुस टाइफस (bush typhus ) नामक यो रोग ओरेन्सिया सुसुगमुसी  ( Orentia tsutsugamushi ) नामक परजिवीको संक्रमणले लाग्ने रोग हो ।

     

    स्क्रब टाइफस चिगर माइटको टोकाइबाट सर्ने रोग हो । यो परजिवीलाई एक प्रकारको माइट (mite) जातिको किराले सार्ने गर्दछ। पहिलोपटक यो रोग सन् १९३० मा जापानमा देखा परेको थियो । यो रोगमा ज्वरो आउने हुनाले यसलाईसुरुसुरुमा सिचिटो फिवर  ( Shichito fever )  वा ह्याट्सुका फिवर (Hatsuka fever )  भन्ने गरिन्थ्यो । सन् १९४४ तिर दोश्रोविस्वयुद्धमा अमेरिकी सेनामा पनि यो रोग देखा परेको थियो। यो रोग मानिशबाट मानिसमाभने सर्दैन । सरुवा रोगहरु मध्येको एक स्क्रबटाइफस पनि सरुवा रोग हो । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाटमानिसमा सर्दछ ।गत वर्षमात्र नेपालमा स्क्रब टाइफसबाट ९१ जनाप्रभावित भएकामा ४ जनाको मृत्यु भएको थियो ।स्क्रब टाइफस मृत्युदर ३० प्रतिशतसम्म हुने गरेकोअनुसन्धानहरूले देखाएका छन् ।

    Article inline ad #1
  •  

     

     

    Article inline ad #2
  •  

     

    घाँस तथा झाडीमा जाँदा ‘माइट’ नामक परजीवीले मानिसलाई टोकेमास्क्रब टाइफस रोगको संक्रमण हुने गर्दछ । झाडीमा बस्ने परजीवी (किर्ना) भित्रहुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु शरीरभित्र प्रवेश गरेपछि यसकोसंक्रमण हुन्छ । यो परजीवी घाँस, झाडीमा बस्ने भएकाले घरभित्र मुसा पसेरकिर्ना छोडेमा घरभित्रै पनि यो परजीवीले टोके स्क्रब टाइफसको संक्रमण हुन्छ। स्वास्थकर्मीले पनि ज्वरोआएका बिरामीमा स्क्रब टाइफसलाई पनि विशेष ध्यान पुर्याएर जाँच तथा उपचारगर्नुपर्छ । खेतबारी वा झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाटमानिसमा स्क्रब टाइफस संक्रमण हुन्छ ।

    किर्नाले टोकेको ५ देखि ६ दिनमा व्यक्तिलाई ज्वरो आउने, शरीरमा रातोबिबिरा आउने, शरीर दुख्ने, ग्रन्थि सुन्निनेलगायत लक्षण देखिन्छन् ।कतिपयको यो परजीवीले टोकेको भागमा कालो दाग देखिन्छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएरकालो दाग बस्न सक्छ ।  कसैको भने दाग नदेखिनपनि सक्छ । स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरोआउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउन सक्दछ । धेरै टाउको दुख्ने,  पसिना धेरै आउने,  आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरकामुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वाससमस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्छ ।समयमै उपचार नभएमा शरीरका विभिन्न अंगहरू मुटु, कलेजो, फोक्सो, मिर्गौलालगायतमा यसको संक्रमण फैलिएर मृत्युसमेत हुन सक्छ ।

     

    किटाणु सार्ने माइटको सम्पर्क बाट टाढा रहनु नै यसको प्रमुख रोक थाम हो ।घाँस भएको भुइँमा सीधै बस्ने या पल्टिने क्रममा यो परजीवीछालामा टाँसिने भएकाले त्यसो गर्नुहुँदैन ।नांगा खुट्टाले खेतबारीमा टेक्ने, झाडीमा सुत्ने गरेमा तथा घरवरपर मुसा भएमा स्क्रब टाइफसको संक्रमण अधिकहुन्छ । घरभित्र र वरपरको वातावरण सफा राखेर, झाडीमा नांगो गोडा या हातलेनछोएमा यसको जोखिम कम गर्न सकिन्छ ।यो रोगको सावधानीका लागि झाडीमा काम गर्दा पूरा शरीरछोपिने कपडा लगाउने, झाडी सफा गर्ने, मुसाबाट बच्नुपर्ने हुन्छ ।रोग लागेको शंका लागेमा चेकजाँचका लागि छिटो अस्पताल जानु पर्दछ।

    अन्य रोगसँग मिल्ने केही लक्षणका कारण स्क्रब टाइफसबारे बिरामी रस्वास्थ्यकर्मीसमेत झुक्किने गरेका छन्।घरभित्र रवरपरको वातावरण सफा राखेर, झाडीमा नांगो गोडा या हातले नछोएमा यसको जोखिमकम गर्न सकिन्छ। घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमानबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमानबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागिउपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुनेवातावरणको सिर्जना गर्ने ।  खेतबारीमा जाँदा लामो बाहुलाभएका लुगा लगाउने, खुट्टामा बुटको प्रयोग तथा हातमा पन्जा प्रयोग गरेमायसको जोखिमबाट बच्न सकिन्छ ।

    स्वास्थ्य संस्थामा निशुल्क पाईने औषधी डक्सीसाईक्लिनले समयमा उपचार गर्दा निको पार्न सकिने यो रोगका बिरामी समयमा अस्पताल नपुग्दा बिभिन्न अंगहरुले काम गर्न छाडेर मृत्यु हने गरेको धुलिखेल अस्पतालबालरोग बिभागले जनाएको छ । त्यसैंले समयमा उपचार पाएमा मानविय क्षेती हुनबाट जोगाउन सकिन्छ । यसका लागि सबै स्थानिय तहहरुबाट जनचेतना फैलाउन तथा बिरामीलाई समयमै अस्पताल वा नजिकको स्वास्थ्य संस्था सम्म पुराउने वातावरण तयार गर्नु पर्दछ ।

    सन्दीप केसी

    स्वास्थ्य शाखा प्रमुख, धुलिखेल नगरपालिका

     

     

     

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button