धुलिखेल नगरपालिकामा ‘स्वस्थ सहर’ अन्तर्गत पहिलो चरणको काम सुरू

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रेको धुलिखेल नगरपालिकालाई ‘स्वस्थ सहर’ बनाउने काम सुरू भएको छ । पहिलो चरणको काम सुरू गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    नगरलाई स्वस्थ सहर बनाउने पहिलो चरण अन्तर्गत डिजिटल हेल्थ प्रोफाइलको तयारीका लागि तथ्यांक संकलन कार्य प्रारम्भ भएको हो । नगरपालिकाको हेल्थ प्रोफाइल स्वास्थ्य सहरको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

    नगरपालिकाले धुलिखेल अस्पतालसंग समन्वय गरेर तथ्याङ्क संकलन सुरू गरेको हो । धुलिखेल नगरपालिकाका सबै घरमा गणकहरू पुग्ने छन् । यसका लागि नगरपालिकाले गणकहरूलाई आवश्यक तालिम दिईसकेको छ ।

    Article inline ad #1
  • ५ पेज लामो प्रश्न तयार गरिएको छ । घरपरिवारको अवस्थादेखि हाल खाईरहेको औषधी र उपचार गरिरहेको रोगको समेत विस्तृत विवरण गणकहरूले संकलन गर्ने छन् । यसका लागि २२ जना गणकहरू घर-घर पुग्ने छन् । बढीमा ३ महिनाभित्र तथ्याङ्क संकलन गरिसक्ने गरी नगरपालिकाले कार्य योजना बनाएको छ ।

    नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले सबै घर -घरै पुगेर बास्तलिक वितरण ल्याउन गणकहरूलाई निर्देशन दिनुभयो । ‘डिजिटल हेल्थ प्रोफाइलले धुलिखेल नगरपालिकाको समग्र स्वास्थ्य अवस्था पत्ता लाग्ने भएकाले यो हाम्रो आधार हो । यसमा तपाईहरूले जति मेहनत गर्नु हुन्छ त्यति नै तथ्याङ्क यथार्थ आउँछ । त्यसैले घर-घर पुग्नोस् । वडाका जनप्रतिनिधिले सहयोग गर्नु हुन्छ । कुनै अप्ठ्यारो आए नगरपालिका सधै तपाईहरूको साथमा छ, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’

    ‘स्वस्थ सहर’ धुलिखेल नगरपालिकाले अघि सारेका मध्य महत्वपूर्ण योजनाभित्र पर्छ । यो योजना देशभरमै नमुना योजना हुने बताइएको छ । नगरपालिकाले नवौँ नगरसभा मार्फत चालु आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएको छ ।

    साभार : मिलिजुली खबर

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button