तुइन घटना सरकारले थामथुम पार्न खोज्यो : एमाले

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे — प्रमुख प्रतिपक्षी दल एमालेले दार्चुलाको तुइन घटनालाई सरकारले थामथुम पार्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

     

    प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै छानबिन गर्न गठित समितिको म्याद पटक-पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार घटनालाई थामथुम गर्ने प्रयासमा लागेको बताएका हुन् । साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन चुँडाइदिएर जयसिंह धामी बेपत्ता भएका थिए।

    Article inline ad #1
  •  

     

     

    Article inline ad #2
  • ‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा (एमाले) यस अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ ।’

    धामीका सम्बन्धमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले यही १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

     

     

     

    साभार: इकान्तिपुर

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button