एमालेले सहयोग गरे ओली सरकार कै अध्यादेश अघि बढाइन्छ : कानूनमन्त्री कार्की

Above Article Ad
  • Above Article Content Ad
  • काठमाडौँ — सरकारले प्रमुख प्रतिपक्ष एमालेले सहयोग गरेमा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएकै बजेटलाई अघि बढाउन तयार रहेको जनाएको छ । कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेट अध्यादेश पारित हुने कि नहुने भन्नेमा एमालेको भूमिकाले निर्धारण गर्ने बताए ।

    प्रतिनिधिसभा बैठक भदौ २३ गतेबाट बस्दैछ । सरकारले यसअघि प्रस्तुत गरेको बजेट अध्यादेश भदौ ३० भित्र पारित हुन नसकेमा स्वतः निष्क्रिय हुन्छ । कानून मन्त्री कार्कीका अनुसार नियम निलम्बन मार्फत बजेट अध्यादेश पारित गर्ने सरकारको तयारी भएपनि त्यसका लागि प्रमुख प्रतिपक्षी दलको सहमति चाहिने बताए ।

    ‘गत मंगलबार एमाले अध्यक्ष ओलीसंँगको भेटघाटमा पनि मेरो मुख्य चासो बजेट पारित गर्ने विषयमै थियो । अघिल्लो सरकारले ल्याएकै बजेट पारित गर्न पनि अब नियम निलम्बनमा जानुपर्ने हुन्छ । त्यसका लागि सहयोग गर्नुपर्‍यो भन्दा प्रमुख प्रतिपक्ष दलका नेता ओलीले तपाईंहरूको बहुमत छ, पारित गर्नुहोस । तर, नियम निलम्बन गर्ने कुरामा हाम्रो सहमति हुँदैन भनेर भन्नु भएको छ,’ कार्कीले कान्तिपुरसंँग भने,‘अझै पनि हामीलाई प्रमुख प्रतिपक्ष दलले सहयोग गर्छ भन्ने आशा छ ।’

    Article inline ad #1
  • संविधानतः संसद्‌मा प्रस्तुत भएको ६० दिनभित्र अध्यादेश स्वीकार गरिसक्नु पर्छ । संसद् सचिवालयका अनुसार नियमित प्रक्रियाबाट प्रतिस्थापन विधेयक मार्फत् बजेट अध्यादेश पारित गर्न तीन साताको समय लाग्छ ।

    भदौ २३ गते संसद् बैठक सुरु भएको मितिले सरकारसंँग बजेटलगायतका अध्यादेश पारित गर्नका लागि जम्मा एकसाताको समय मात्रै छ । यो समयभित्र संसदले अध्यादेश स्वीकार गर्न नियम निम्बनबाहेक अरु विकल्प छैन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    1
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • सम्बन्धित खवर
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button