नेपाललाई पीएनजीले दियो १३५ रनको लक्ष्य

Above Article Ad
  • Above Article Content Ad
  • सन्दीपले लिए ४ विकेट

    काभ्रे — आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघिको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई पपुवा न्यु गिनी(पीएनजी) ले १३५ रनको लक्ष्य दिएको छ ।

     

    Article inline ad #1
  •  

    ओमान भ्रमणमा रहेको नेपाललाई पीएनजीले टस जितेर बलिङको निम्तो दिएको थियो । पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनायो । पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै गौडी टोकाले २२, चार्ल्स अमिनीले २३, किप्लिन डोरिगाले १५ रन बनाए । त्यस्तै चाड सोपरले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले ३५ रन खर्चिँदै ४ विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सोबले पहिलो बलमै विकेट लिएर रेकर्ड बनाएका छन् ।

     

    Article inline ad #2
  • साभार : ईकान्तिपुर

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button