धुलिखेल नगरमा घरघरमा स्वस्थ सहर अभियान

Above Article Ad
  • Above Article Content Ad
  • फरक नतिजा प्राप्तिका लागि फरक शैलीमा काम गर्नु पर्दछ भन्ने भनाइलाई चरितार्थ गर्दै धुलिखेल नगरपालिकाले स्वस्थ शहर( Healthy City )योजनामा काम गरि रहेको स्वास्थ्य शाखा प्रमुख सन्दिप के सी ले बताउनु भयो।

    स्वस्थ शहर निरन्तर चल्ने प्रक्रिया भए पनि आफुहरु यसको जग निर्माणका लागि काम गरिरहेको स्वास्थ्य शाखा स्वास्थ अधिकृत शरोज थापाले जानकारी दिनु भयो । हाल नगर पालिकाले धुलिखेल अस्पताल संग समन्वय गरि करीब ५० लाखको खर्चमा नगरका हरेक घरमा तालिम प्राप्त स्वास्थकर्मी पठाएर तथ्यांक संकलन गर्न सुरु गरेको छ । आधारभुत स्वास्थका तथ्यांक देखि स्व:ब्यक्त स्वास्थ समस्या( सेल्फ रिपोर्टेड हेल्थ प्रोब्लेमहरु ) बारे हरेक ब्याक्तीका तथ्यांक लिइने स्वास्थ्य शाखाले जनाएको छ। प्राबिधिक पक्ष तथा तथ्यांक संकलन परियोजना सञ्चालन गरि रहनु भएका धुलिखेल अस्पतालका प्रमेश कोजुका अनुसार पहिलो चरणमा वडा नं ३,८,९,१०,११र१२मा घर घरमा संकलकहरु पुगिसकेको छन।

    Article inline ad #1
  • तथ्यांक संकलकहरुको सहजताको लागि तथा अनुगमन गर्न स्थानीय वडा स्तरमा रहेको स्वास्थ संस्था प्रमुखहरुले अनुगमन गर्ने छन भने महिला स्वयं सेविका तथा जनप्रतिनिधिहरुले सहयोग गरिरहनु भएको छ।

    वडा नं ३का स्वास्थ संस्था प्रमुख विजय मगरका अनुसार गणकहरुले कोभिड १९को खोप पाए नपाएको समेत तथ्यांक लिने गरेको र बिहानै देखि करिब ६ बजे बेलुका सम्म समेत काम गरिरहेकोले समयमै कार्य सम्पन्न हुने बताउनु भयो। स्वस्थ शहर कार्यक्रमको लागि आधारभुत सुचना तथा स्वास्थका बृहत जानकारी सहित डिजिटल तथ्यांक उपलब्ध हुनासाथ तथ्यांक विश्लेषण तथा प्रतिवेदन लेखन सुरु गरिने धुलिखेल अस्पताल सामुदायिक बिभागका प्रमुख डा बिराजमान कर्माचार्यले बताउनु भयो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button