काभ्रेमा एमालेका जनप्रतिनिधि कति थिए, कतिले नयाँ दल रोजे ?

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे,एमाले पार्टी फुटेपछि दल रोज्न पाउने समय सिमा आज सकिएको छ । काभ्रेमा आज अन्तिम दिनसम्म आईपुग्दा एमालेबाट स्थानीय तहमा विजयी बनेका ५६ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

    अब स्थानीय तहमै हेरौँ । जिल्लामा नयाँ दलमा सनाखत गर्नेको सबैभन्दा बढी चासो पूर्वक हेरिएको नगरपालिका हो मण्डनदेउपुर । जहाँ १२ वटा वडा रहेका छन् । प्रमुख, उपप्रमुख र ८ जना वडाध्यक्ष सहित ५३ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा नेकपा (एकीकृत समाजवादी) पार्टी काभ्रेका जिल्ला अध्यक्ष पनि हुन् । मण्डनदेउपुर नगरपालिकाबाट नगरप्रमुख टोक बहादुर वाईबा, ५ जना वडाध्यक्ष, २ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्य गरी १८ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

    अब स्थानीय तहमै हेरौँ । जिल्लामा नयाँ दलमा सनाखत गर्नेको सबैभन्दा बढी चासो पूर्वक हेरिएको नगरपालिका हो मण्डनदेउपुर । जहाँ १२ वटा वडा रहेका छन् । प्रमुख, उपप्रमुख र ८ जना वडाध्यक्ष सहित ५३ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा नेकपा (एकीकृत समाजवादी) पार्टी काभ्रेका जिल्ला अध्यक्ष पनि हुन् । मण्डनदेउपुर नगरपालिकाबाट नगरप्रमुख टोक बहादुर वाईबा, ५ जना वडाध्यक्ष, २ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्य गरी १८ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

    Article inline ad #1
  • १० वडा रहेको भुम्लु गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ५ जना वडाध्यक्ष सहित ३२ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । त्यहाँको उपाध्यक्ष कल्पना श्रेष्ठ, दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य र ६ जना वडा सदस्य गरी ११ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

    ११ वटा वडा रहेको नमोबुद्ध नगरपालिकामा प्रमुख, उपप्रमुख र ६ जना वडाध्यक्ष सहित ४४ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । जसमा उपप्रमुख रामदेवी तामाङ, एक जना कार्यपालिका सदस्य र ५ जना वडा सदस्य गरी ७ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

    १३ वटा वडा रहेको पाँचखाल नगरपालिकामा ४ जना वडाध्यक्ष सहित ३३ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । जसमा वडा नम्बर ६ का वडाध्यक्ष सहित ४ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

    ८ वटा वडा रहेको महाभारत गाउँपालिकामा ४ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । जसमा वडा नम्बर ८ का वडाध्यक्ष सहित चारै जना सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । महाभारत गाउँपालिकामा एमाले शुन्य भएको छ ।

    Article inline ad #2
  • १४ वटा वडा रहेको जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका बनेपामा एमालेका सबैभन्दा बढी जनप्रतिनिधि छन् । जिल्ला निर्वाचन कार्यालय धुलिखेलको विवरण अनुसार प्रमुख, उपप्रमुख र ९ जना वडाध्यक्ष सहित ५८ जना जनप्रतिनिधि एमालेबाट विजयी बनेका थिए । जसमा वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसी र २ जना वडासदस्य गरी ३ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

    ९ वटा वडा रहेको तेमाल गाउँपालिकाकामा दुई जना वडाध्यक्ष सहित १३ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । जसमा वडा नम्बर २ का एक जना वडासदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

    ९ वटा वडा रहेको चौरीदेराली गाउँपालिकामा वडा नम्बर ६ का वडाध्यक्ष सहित ५ र वडा नम्बर १ मा एक जना वडा सदस्य गरी ६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । जसमा एक जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।
    <span;>२ जना जिल्ला समन्वय समिति सदस्यले पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

    धुलिखेल नगरपालिकामा १२ वटा रहेका छन् । जहाँ प्रमुख, उपप्रमुख र ८ जना वडाध्यक्ष सहित ५६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका थिए । धुलिखेल नगरपालिकामा एमालेबाट विजयी बनेका एक जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेनन् ।

    ७ वडा रहेको खानीखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ४ जना वडाध्यक्ष सहित २६ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । उनीहरू सबै एमालेमै रहेका छन् ।

    १२ वटा वडा रहेको रोशी गाउँपालिकामा ५ जना मात्रै जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । वडा नम्बर ९ का वडाध्यक्ष सहित ५ जना सदस्य नै एमाले रहेका छन् ।

    जिल्लाको बेथानचोक गाउँपालिकामा भने एमालेबाट एक जनापनि उम्मेदवार विजयी बनेका थिएन् । बेथानचोक गाउँपालिकामा ६ वटा वडा रहेको छ ।

    मिलिजुलि खबर डटकम बाट साभार

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button