काभ्रेमा नेकपा एस मा गएका प्रतिनिधिको नामावलि

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे (धुलिखेल) – जिल्लामा एमालेका एक नगरप्रमुख, एक उपप्रमुख, एक उपाध्यक्ष, ११ वडा अध्यक्ष, २ जना जिल्ला समन्वय समितिका सदस्य , ६ जना कार्यपालिका सदस्य र ३४ जना वडा सदस्य सहित ५६ जनाले नेकपा एकिकृत समाजवादी (एस) रोजेका छन् ।

     

    तत्कालिन एमालेका काभ्रेका अध्यक्ष एवं मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाइवा, नमोबुद्ध नगर उपप्रमुख रामदेवी तामाङ तथा भुम्लु गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा (एस) रोजेका छन् । त्यस्तै मण्डनदेउपुर नपाका ५ जना वडा अध्यक्ष, पाँचखाल, पनौती र बनेपा नगरका एक एक जना वडा अध्यक्ष, भुम्लु गाउँका २ जना र महाभारत गाउँपालिकाका १ जना वडा अध्यक्षले नेकपा (एस) रोजेका छन् ।

    Article inline ad #1
  •  

    नेकपा एमालेबाट निर्वाचित मण्डन देउपुर वडा नम्वर १ का वडा अध्यक्ष लक्ष्मण बस्ताकोटी, वडा नम्वर ३ का अध्यक्ष दिलबहादुर तामाङ, वडा नम्वर ६ का अध्यक्ष डिल्लीप्रसाद आचार्य, वडा नम्वर ७ का अध्यक्ष नारायण लम्साल, वडा नम्वर ११ का अध्यक्ष माधव न्यौपाने, पाँचखाल ६ का अध्यक्ष रामशरण दुलाल, पनौती वडा नम्वर ४ का अध्यक्ष बुद्धसीं थापा, बनेपा ६ का अध्यक्ष सचितानन्द केसी, महाभारत ८ का अध्यक्ष टंक आले, भुम्लु गाउँपालिका वडा नम्वर २ का अध्यक्ष कृष्णकुमार कार्की र वडा नम्वर ८ का अध्यक्ष मोतीलाल तामाङ नेकपा (एस) रोजेका छन् ।

     

    नेकपा (एस) रोज्नेमा जिल्ला समन्वय समितिका सदस्य २ जना, विभिन्न स्थानीय तहका ६ जना कार्यपालिका सदस्य र ३४ जना वडा सदस्य समेत छन् । जिल्ला समन्वय समितिमा निर्वाचित सदस्य कृष्ण लामा र सन्तनु केसी समेत छन् । एमाले त्याग्नेमा पाँचखाल वडा नं १ का वडा सदस्य धनबहादुर तमाङ र वडा सदस्य गंगा मायाँ दाहाल, वडा नं २ का वडा सदस्य कृष्ण वहादुर श्रेष्ठ रहेका छन् । बनेपा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सहित अन्य २ जना वडा सदस्य, पनौती नगरपालिकाबाट वडा नम्बर १२ का तीन जना वडा सदस्य, तेमाल गाउँपालिका वडा नम्बर २ का एक जना वडा सदस्य, महाभारत गाउँपालिकामा एमालेले जितेको एउटैमात्र वडावाट वडाध्यक्ष सहित ४ जना सदस्यले नेकपा (एस) रोजेका छन् । नेकपा (एस) का अध्यक्ष टोक बहादुर वाईवाको र प्रदेश संसद बसुन्धरा हुमागाईको वडाका अध्यक्षहरुले भने एमालेमा बसेका छन् ।

    Article inline ad #2
  •  

    काभ्रेका धुलिखेल, खानीखोला, रोशी, बेथान्चोक जस्ता पालिकाहरुमा नयाँ पार्टीका जनप्रतिनिधि शुन्य भएका छन् । ५६ जनाले नयाँ दल रोजे पनि अझै नेकपा एमालेसँग जिल्ला समन्वय सहित १३ जना प्रमुख र उपप्रमुख छन् भने २ सय ८८ जना जनप्रतिनिधि बाँकी छन् ।

     

    गत निर्वाचनमा एमालेले जिल्लाभर ३ सय ४४ सिटमा विजयी हासिल गरेको थियो । १ सय ३५ वडामा नेपाली काँग्रेसले २ सय २१ र माओवादी केन्द्रले १ सय २१ सिटमा विजयी हासिल गरेको थियो । अन्य तर्फ ८ जना विजयी भएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button