एमालेको रक्षाका लागि जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

Above Article Ad
  • Above Article Content Ad
  • धनगढी – नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश समन्वय कमिटी संयोजक भीमबहादुर राववले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ ।

    मंगलबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा कार्यकर्तासँग छलफल गर्दै रावलले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्ताेसुकै त्याग गर्न तयार रहेको बताउनुभएको हो ।

    तर, कसैले पाखा लगाउन खाजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने उहाँको चेतावनी छ ।  ‘एमाले बचाउनका लागि म मात्र हैन सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ‘, रावलले भन्नुभयो, ‘तर त्यागलाई कमजाेरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ति हुनेछ ।’

    Article inline ad #1
    • उहाँले सम्पूर्ण कार्यकर्तालाई एकताकाे पक्षमा उभिनसमेत आग्रह गर्नुभयो । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अत्रतत्र गएको बताउनु भयो । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभलानमा परेको उहाँले बताउनुभयो ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button