धुलिखेल/ सी.एम.सी. नेपालले स्विस राजदुतावासको सहयोगमा काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा द्वन्द्व प्रभावितहरुका लागि मनोसामामाजिक सहयोग कार्यक्रम (को दोस्रो चरण) सञ्चालन गर्नको लागि आज सम्झौता गरिएको छ । कोभिड १९ को माहामारीको परिस्थितिमा मनोसामाजिक सहयोग तथा मानसिक स्वास्थ्य सेवाको आवश्यकता अझ बढेकाले धुलिखेल नगरपालिकाले द्वन्द्व पीडितहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाको विकास गर्नका लागि यो सम्झौता अगाडि बढाएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा मार्गदर्शन २०७४ अनुसार वार्षिक योजना तथा बजेटका प्राथमिकता जस्तैः महिला तथा बालबालिका, युवा, किशोरकिशोरी तथा पछाडि परेका वर्गलाई विना भेदभाव प्रत्यक्ष लाभ पुग्ने कार्यमा सहयोग प्रदान गर्ने यसकार्यक्रमकौ लक्ष्य छ । द्वन्द्वको कारणले जटिल खालको मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिलाई मानसिक रोग विशेषज्ञ मार्फत स्थानीय तहको स्वास्थ्य संस्था मार्फत नै उपचारको प्रवन्ध मिलाउने र ब्यक्तिहरुलाई आवश्यक पर्ने मनोसामाजिक सहयोग तथा मानसिक स्वास्थ्य सेवाको विकास तथा दिगो ब्यवस्थापनको लागि स्थानीय तहको नीति, कार्यक्रम र बजेटमा क्रमश एकीकृत गरेर लैजाने नीति अनुरुप सञ्चालन हुने नगरपालकिाले जनाएको छ । तालिम प्राप्त स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य सेवा प्रदानमा सक्रिय रुपमा परिचालन गर्न सहयोग गर्ने । मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको लागि. निशुल्क उपलब्ध गराउने सूचीमा रहेका मानसिक स्वास्थ्यका औषधीहरु स्वास्थ्य निकायहरु मार्फत उपलब्ध गराउने छ । नगरपालिकामार्फत बालबालिका, किशोरकिशोरी, महिला, जेष्ठ नागरिक तथा अन्य व्यक्ति र समुदाय लक्षित कार्यक्रममा पनि मनोसामाजिक सहयोग तथा मानसिक स्वास्थ्यका गतिविधिहरुलाई एकीकृत गरी लैजाने नगर प्रमुख अशोक ब्याञ्जुले जनाएका छन् ।
मनोसामाजिक समस्या भएका ब्यक्तिहरुलाई आवश्यक पर्ने परामर्श सेवा प्रदान गर्नको लागि तालिम प्राप्त भएका मनोसामाजीक कार्यकर्ताहरु मार्फत मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने । साथै विज्ञ मनोविद्वाट उनीहरूलाई बेला बेला माफिल्डमानै गई सुपरभिजन मार्फत वा डिस्ट्यान्स कोचिङ्ग मार्फत क्षमता अभिबृद्धि गर्ने कृयाकलाप निरन्तर गर्ने गरी सम्झौता गरीएकौ स्वास्थ्य शाखा प्रमुख सन्दीप के सी ले जनाएका छन् ।
हस्ताक्षर कार्यक्रममा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपालका प्राविधिक निर्देशक डा. पशुपति महत, धुलिखेल नगरपालिका नगर प्रमुख अशौक ब्याञ्जु, उपप्रमुख बिमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले हस्ताक्षर गर्नु भयो ।यो कार्यक्रमको कुल बजेट १८लाख ८५हजार २सय४३ रुपैया रहेको छ ।