सरकार हो कि बुख्याचा : ओली

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे , पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बुख्याचाको संज्ञा दिँदै कटाक्ष गरेका छन् । बुटवलमा बुधबार आयोजित एमालेको रूपन्देही जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बजेट अध्यादेश पारित गर्ने प्रक्रिया सरकारले अघि नबढाएर भएको बजेट होलिडेको अवस्थामाथि व्यंग्य गरेका हुन् ।

    ‘अर्थमन्त्रीले बजेट कसरी पारित गर्नुपर्छ बुझेका रहेनछन्,’

    ‘एक कप चिया खाने पैसा छैन, सरकार हो कि बुख्याचा ?’ उनले भने, ‘कांग्रेस नेतृत्वको सरकार देशको पक्षमा बोल्न नसक्ने, नयाँ काम गर्न नसक्ने र बजेट पारित गर्न नसकेर बेखर्ची हुने अवस्था ल्याएकाले हुती नभएको सरकार हो यो ।’ बुख्याचाले बरु बाली खान आउने पशुपक्षीलाई धपाउँछ तर यो सरकारले त त्यति पनि गर्न नसकेको भन्दै उनले रोष पोखे ।

    Article inline ad #1
  • सरकारले बजेट पारित गर्न नसकेर देशलाई बेखर्ची बनाएको पनि ओलीको आरोप थियो । ‘विरोधका <span;> ‘विरोधका बावजुद मुसो कुदेझं गुरुरु कुदेर प्रस्ताव पेस गर्न हुन्छ भने पास गर्न सकिँदैन ? अर्थमन्त्रीले बजेट कसरी पारित गर्नुपर्छ बुझेका रहेनछन्,’ उनले भने, ‘आज राति १२ बजेदेखि अध्यादेशको म्याद सकिंदैछ । बैंकभरि पैसा छ भनेर होला । हेरौं सरकारले के गर्छ ?’ ओलीले आफ्नै पार्टीका मान्छे बिग्रिएर शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताए । ‘धन्न एमालेका केही मान्छेको मति बिग्रिएको थियो र समर्थन गरेर कांग्रेसलाई सरकारमा पुऱ्याइदिए । अब हाम्राले ठिक्क पारेर खाऊ भने मात्रै आँ गर्छ, अरू कांग्रेसले केही गर्दैन ।’एमालेको फुटलाई उनले पिलो निचोरिएको संज्ञा दिए । ‘पिलो निचोरिँदैमा शरीरको वजन घट्दैन । पार्टीविरोधी तत्त्वहरू चोइदिँदा एमालेलाई पिलो निचोरेझैं मात्र भएको छ,’ उनले भने । उनले भेलालाई सम्बोधन गर्ने क्रममा माधव नेपालको निकै आलोचना गरे । मौरीको पछि लागे फूलबारीमा पुगिने र झिंगाको पछि लागे फोहोरको डुंगुरमा पुगिने भन्दै उनले नेपाल पक्षमा नलाग्न कार्यकर्तालाई खबरदारी गरेका थिए । उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पनि आलोचना गरे । भेलालाई पूर्वअर्थमन्त्री एवं एमाले उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मालगायतका नेत सम्बोधन गरेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button