सबै महानायक, सबै महानायिका !

भुवन केसीको नजरमा नायक-नायिका

Above Article Ad
  • Above Article Content Ad
  • काठमाडौँ : भुवन केसी नेपाली चलचित्र क्षेत्रको पुरानो नाम हो । उनले ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘करोडपति’ लगायत दर्जनौँ फिल्ममा अभिनय गरेर चर्चा बटुलेका छन् । पछिल्लो समय चलचित्र क्षेत्रका कलाकारलाई महानायकको विल्ला लगाउन थालिएको छ । ‘महानायक’ राजेश हमाल, ‘महानायिका’ करिश्मा मानन्धर आदि । यसै सन्दर्भमा अन्नपूर्णले नायक केसीसँग गरिएको कुराकानीको सारसंक्षेपः

    के मा व्यस्त हुनुहुन्छ ?

    म ‘पारस’, ‘एन्टी हिरो’ र ‘माईती घर’ भन्ने फिल्मको तयारीमा छु ।

    Article inline ad #1
  • महानायक/महानायिकाबारे तपाईँको बुझाइ के छ ?

    धेरै जना महानायक/महानायिका हुनुहुन्छ । समयअनुसार सबैको आ–आफ्नो भूमिका र योगदान रहेको छ । त्यसैले चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका सबै महानायक हुन् । कसैले धेरै फिल्ममा अभिनय गरेका छन् तर योगदान भने कम हुन्छ । तर, कसैको थोरै फिल्ममा अभिनय रहेको हुन्छ योगदान भने धेरै हुन्छ । थोरै फिल्ममा अभिनय गरेका केही कलाकारहरु दर्शकको प्रिय हुन्छन् । त्यसकारण महानायक पनि विभिन्न किसिमको हुन्छ जस्तो लाग्छ मलाई ।

    तपाईँको नजरमा महानायक महानायिका को ?

    मैले देखेअनुसार अभिनेता शिव श्रेष्ठ महानायक हुन् भने गौरी मल्ल महानायिका हुन् ।

    Article inline ad #2
  • त्यसो भए करिश्मा मानन्धर महानायिका होइनन् ?

    हो, उहाँहरु दुवै महानायिका हुनुहुन्छ । गौरी अभिनयको खानी महानायिका हुनुहुन्छ भने करिश्मा सुन्दरीको महानायिका हुनुहुन्छ । सबैको आ–आफ्नो योगदान रहेको हुन्छ ।

    तपाईँलाई शिव श्रेष्ठ नै किन महानायक भन्ने लाग्यो ?

    उहाँले धेरै फिल्ममा अभिनय गरेर देशलाई चिनाउन सफल भएकोले उहाँलाई महानायक भनिएको हो । श्रेष्ठले नेपाललाई चलचित्रमार्फत  अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल हुनुभएको छ ।

    राजेश हमाल महानायक होइनन् ?

    उहाँ पनि हो । उहाँले धेरै फिल्ममा खेल्नुभएकोले उहाँ ‘बिजी महानायक’ हो । राजेश जीको पनि चलचित्र क्षेत्रमा छुट्टै योगदान रहेको छ ।

    तपाइँको नजरमा को–को महानायक हुन् ?

    नीर शाह महा–महानायक हुन् । चकलेटी महानायक दिलिप रायमाझी, एक्सन महानायक निख्रिल उप्रेती र विराज भट्ट हुन् । आर्यन सिग्देल रोमान्टिक महानायक हुन् ।

    उहाँहरु किन महानायक ?

    मैले देखे अनुसार महानायकको पनि विभिन्न रुप हुन्छ । सबैको एउटै अभिनय हुँदैन । दर्शकले पनि उहाँलाई अभिनयको अनुसार नै बुझिरहेका हुन्छन् । जस्तै कि निख्रिल उप्रेतीको प्रायजसो फिल्ममा एक्सनको नै अभिनय धेरै हुन्छ । त्यसैले उहाँलाई एक्सनको महानायक भनिएको हो । अरु पनि त्यस्तै हो ।

    त्यसो भए महानायिका भनेरलाई को कसलाई बुझ्नुहुन्छ ?

    मेरो लागि सबै महानायक र सबै महानायिका हुन् । निरुता सिंह इमोस्नल र रोमान्टिक महानायिका हुन् । त्यस्तै रेखा थापा सुन्दरी साथै अभिनयमुखी महानायिका हुन् ।

    के तपाईँ पनि महानायक जस्तो लाग्दैन ?

    मलाई आफू महानायक जस्तो लाग्दैन । किनकि मैले धेरै सिक्न बाँकी छ । अझ मलाई नायक जस्तो लाग्दैन । दर्शकले भन्नुहुन्छ खुशी पनि लाग्छ तर म त्यो सम्मानको लागि लायक भइसकेको छैन जस्तो लाग्छ मलाई ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button