नागा र समन्थाले गरे सम्बन्धविच्छेद

Above Article Ad
  • Above Article Content Ad

    दक्षिण भारतीय चलचित्र उद्योगका कलाकारहरू नागा चैतन्य र समन्था अक्किनैनीले सम्बन्धविच्छेद गरेका छन् । वैवाहिक सम्बन्धमा गाँसिएको चार वर्षमा नै यो जोडीले सम्बन्धविच्छेद गरेको हो ।

    पछिल्लो समय सामाजिक सञ्जालमा नागा र समन्थाको सम्बन्धविच्छेद भएको समाचार भाइरल भएको थियो । यो खबरलाई कलाकार समन्था स्वयंले पुष्टि गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले सम्बन्धविच्छेद गरेको जानकारी दिँदै आफ्ना फ्यान र मिडियालाई यो विषयमा गोपनियता दिन अपिल गरेकी छिन्।

    ‘हाम्रा सबै शुभचिन्तकका लागि–धेरै विचार विमर्शपछि म र चाइ (नागा चैतन्य)ले आफ्नो मार्गमा अघि बढ्नका लागि पति–पत्नीको रूपमा अलग हुने फैसला गरेका छौँ । हामी भाग्यमानी छौँ । किनकि एक दशकभन्दा बढीको दोस्ती हाम्रो सम्बन्धको मूल हिस्सा थियो र हामीलाई विश्वास छ कि हामीबीच सधैँ एक विशेष बन्धन रहनेछ,’समन्थाले इन्स्टाग्राममा लेखेकी छिन्।

    Article inline ad #1

    श्रोत: नयाँ पत्रिका

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button