काभ्रे / धुलिखेल नगरपालिकाका ५ वटा बिध्यालयमा योग शिक्षा सुरु भएको छ। यसको लागि आज देखि कार्यक्रम सुरुवात गर्न विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख राजेश साम्भजिराव पाण्डव तथा अयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभाग प्रमुख बासुदेव उपाध्याय तथा विश्व स्वास्थ्य संगठन नसर्ने रोग बिभाग प्रमुख डा. लोनिम दिक्षित समेतले अज एक कार्य क्रमका बिच तालिम सुरुवात गर्नु भएको हो । धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप के सी का अनुसार विद्यालयहरूमा योगको अवधारण समावेश गर्न विश्व स्वास्थ्य संगठन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसँग मिलेर काम गरिरहेको छ।
विद्यालयहरूमा आयुर्वेद तथा योग शिक्षाको लागि शैक्षिक सामग्रीहरूको पनि सहयोग गरेको छ । यस अन्तर्गत विद्यार्थी र शिक्षकहरूलाई आयुर्वे जानकारी दिइनुका साथै मसला तथा जडीबुटीको औषधीय महत्व, उचित निन्द्रा तथा खानपान / आहारको लाभको बारेमा पनि पढाइने छ ।
योगको लागि हरेक दिन उत्तम दिन । -राजेश साम्भजिराव पाण्डव,
विश्व स्वास्थ्य संगठन, नेपाल प्रमुख
नगरपालिकाको स्वस्थ शहर अभियानको एक हिस्साको रूपमा आयुर्वेद तथा वैकल्पिक विभाग, विश्व स्वास्थ्य संगठन नेपाल र धुलिखेल नगरपालिकाले सुरुमा नगरपालिकाका ५ वटा माध्यमिक विद्यालयहरूलाई आयुर्वेद तथा विद्यालय कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न र त्यसपछि चरण विस्तार गर्न मिलेर काम गर्नेछन् ।स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत सरोज थापाले वताउनु भयो ।
विद्यालयहरूमा योगलाई विस्तार गर्न, क्षमता विकास र सहयोगको लागि मोरारजी देसाई देसाई योग प्रतिष्ठान दिल्ली तथा विश्व स्वास्थ्य संगठनको सहकार्यमा केन्द्र र सरकारबीच सहकार्य गर्ने कुरामा पनि छलफल भइरहेको विश्व स्वास्थ्य संगठन नेपाल प्रमुख राजेश साम्भजिराव पाण्डवले बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुख बिमला शर्मा, वडा अध्यक्ष बिष्णु धिताल तथा देव प्रशाद कोइराला, शिक्षा शाखाका अधिकृत भोजराज ठकुरी लगाएत ५ बटा बध्यालयका प्र.अ. तथा आयुर्वेद कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।