चिन्ता होइन सहि चिन्तन

Above Article Ad
Above Article Content Ad

दिक्षा थापा

हे अ पनौती न पा

आजकोआवश्यकता “जति बाहिर खुशी देखिन्छ मान्छे त्यति नै भित्र दुखी हुन्छ “म धेरै हास्ने र नआतिने स्वभावको भएर होला मेरो धेरै साथीहरुले मलाई यस्तै भन्ने गर्नु हुन्थ्यो । हुन पनि हो दुख र तनाव नभएको ब्यक्ति कोहि हुन्छ र! मेरो जिवनमा पनि सधै नयाँ समस्या र चुनौतीहरु जन्मिने गर्छन। कहिले काहीँ ती चुनौतीहरुको सामना गर्न आतिने पनि गर्छु । दुख,सङकट र चुनौतीहरुको सामना नगरेका सन्सारमा कुनै प्राणीहरु छैनन् होला ।भगवान कृष्ण कै जिवनमा पनि दुख र चुनौतीहरुको कुनै कमि थिएन । उमेर सङ्गै मेरो आध्यात्मिक चिन्तनको गति पनि बढदै गएको छ । भगवान प्रती श्रद्धा सङ संगै आफू प्रतिको इज्जत पनि बढन थालेको अनुभुती हुन्छ ।

Article inline ad #1

” म एक सुन्दर र पवित्र आत्मा हु । समस्यालाई मैले अवसरको रुपमा लिए भनी मलाई झन बलिलो बनाउन्छ तर यसैलाई मैले तनाव र समस्याको रुपमा स्वीकार गरे भनी म झन कमजोर हुनेछु । विभिन्न बिचारहरु नै दुखका कारणहरु हुन्।जस्तो बिचार गर्यो त्यही कर्म गर्छौ र त्यस्तै परिणाम आउन्छ । हाम्रो मनमा कस्तो सोच छ त्यसलाई हेर्न जरुरी छ । दुखी ब्यक्ति ले कहिले अरुलाई हसाउन सक्दैन ।धेरै जसो हामी बहिरी कुराहरुबाट दुखी हुने गर्दछौ जस्तै : कसैले गाली गरेमा,नराम्रो भनेमा वा गरेमा हामी दुखी हुन्छौं ।

कसैले हामिलाई कुनै कुरा दिन्छ भने ती कुराहरु जब सम्म हामी स्विकार गर्दैनौं तब सम्म ती हाम्रा हुदैनन् दुख पनि तेस्तै हो ! तर खुसी त हामी भित्र नै हुन्छ खुशीहुनका लागि कुनै कारण चाहिदैन,खुशी हुनु हाम्रो स्वभाब हो । दुख र चुनौतीहरुका बीचमा पनि भगवान कृष्ण मुस्कुराउनु भएको थियो ।

जो ब्यक्ति खुशी हुन्छ उस्को जिवनमा सफलता निश्चित छ । खुशी मनले शरीरमा नयाँ जोश जागर थप्न मद्दत गर्दछ । सकारात्मक सोचले जीवन मौलाएको पत्तै हुन्न ।जस्तो कुरा हामीहरु लिन्छौं त्यही नै हाम्रो सोच र व्यबहार हुन्छ ।

जो ब्यक्ति खुशी हुन्छ उस्को जिवनमा सफलता निश्चित छ । खुशी मनले शरीरमा नयाँ जोश जागर थप्न मद्दत गर्दछ । सकारात्मक सोचले जीवन मौलाएको पत्तै हुन्न ।जस्तो कुरा हामीहरु लिन्छौं त्यही नै हाम्रो सोच र व्यबहार हुन्छ ।

Article inline ad #2

हाम्रा पुर्बजहरुले “भगवानको नामस्मरण गर्नु पर्छ” , “ठुलो छहारिको योत लाग्नु पर्छ” भाडामा जति नै थोरै खाना भए पनि ,धेरै छ सबैलाई पुग्छ भन्ने जस्ता कुराहरु पनि सकारात्मक सोच र चिन्तनकै लाई भन्नू भएको हुनुपर्छ । भुतको याद गर्यो भनी मन आफै डराउन्छ तर त्यही भगवानको याद गर्यो भनी डर आफै भाग्छ ।हामी जस्तो चिन्तन गर्छौ त्यही प्रभाव हाम्रो जीवनमा पर्ने गर्दछ । त्यसैले सकारात्मक परिवर्तनका लागि चिन्ता होइन सहि चिन्तन आवश्यक छ ।

लेखक पनौती नगरपालिकामा कार्यरत सि आइ सि टी टीममा कार्यरत स्वास्थकर्मी हुनुहुन्छ।

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
7
+1
1
+1
0
+1
3
+1
0
+1
0

Below Article Content Ad
Below Article Ad
Below Comments Ad
Back to top button