मकर मेला व्यवस्थापन गर्न इच्छुकलाई प्रस्ताव पेस गर्न पनौती नगरपालिकाको आग्रह

Above Article Ad
Above Article Content Ad

काभ्रे (पनौती) – मकर मेला व्यवस्थापन गर्न इच्छुकलाई प्रस्ताव पेस गर्न पनौती नगरपालिकाले आग्रह गरेको छ । पनौतीमा प्रत्येक १२ वर्षमा एक पटक लाग्ने ऐतिहासिक मकर मेला व्यवस्थापन गर्न इच्छुक संघ संस्थासंग नगरपालिकाले प्रस्ताव माग गरेको हो ।

नगरपालिकाले स्वयमसेवक, प्रर्दशनी, खानेपानी वितरण, स्नान कुण्ड सरसफाई, मन्दिर सरसफाई, स्नान व्यवस्थापन, मेला स्थलको सरसफाई, झाँकी निकाल्ने, सजाउने, प्राथमिक उपचार, खोज तथा उद्धार, ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन, सूचना केन्द्र सञ्चालन लगायतका काम गर्न प्रस्ताव माग गरेको छ ।

मेलाको व्यवस्थापनमा सहभागी हुन चाहाने सरकारी, गैरसरकारी, स्थानीय संघ संस्था, क्लब, दर्ता भएका समूह, सहकारी संस्था र विद्यालयले प्रस्ताव पेस गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

Article inline ad #1

प्रत्येक १२ वर्षमा एक पटक लाग्ने मकर मेलालाई विशेष बनाउनका लागि विभिन्न समिति, उपसमिति मार्फत काम भइरहेको नगरप्रमुख भिम न्यौपानेले जानकारी दिए ।
अबको १५ दिनभित्र के कसरी गर्ने स्पष्ट विवरण उल्लेख गरेर प्रशासन शाखामा पेश गर्न नगरपालिकाले आग्रह गरेको छ । मकर मेला आगामी माघ महिना भर पनौतीमा लाग्नेछ ।

मकर मेला व्यवस्थापन गर्न इच्छुकलाई प्रस्ताव पेस गर्ने सम्बन्धि नगरपालिकाद्वारा जारी गरिएको सूचना : 

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Article inline ad #2

Below Article Content Ad
Below Article Ad
Below Comments Ad
छुटाउनुभयो कि?
Close
Back to top button