हामीले गरेको विकास विरोधी गठबन्धनलाई मन परेन : ओली

Above Article Ad
Above Article Content Ad

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिन थालेको आरोप लगाएका छन् ।

नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत्को खपत बढाउन आग्रह गर्न थालेको भन्दै उनले भने- हामीले गरेका कामको जस लिन होडबाजी गर्दैछ अहिलेको सरकार ।

नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामू पहिचान बनाएको दाबी पनि गरे ।

Article inline ad #1

‘नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो’ उनले भने, ‘तर, हामीले गरेको विकासविरोधी गठबन्धनलाई मन परेन ।’ ‘सुरुङ खनिँदै थियो, विद्युत्को ट्रान्समिसन लाइन बन्दै थियो, पानीका नहर बन्दै थिए’, ओलीले भने, ‘अहिले हामीलाई विका गर्नबाट रोकिएको छ, तर फेरि पालो आएपछि अधुरा योजना पूरा गर्छौ ।’

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Below Article Content Ad
Below Article Ad
Below Comments Ad
Back to top button