नेपाल स्वास्थ्य प्राविधिक संघ PAN संगठन र सेवा गुणस्तर बिस्तारमा
धुलिखेल/ नेपाल स्वास्थ्य प्राविधिक संघ पान काभ्रेको नमोबुध्द नगर कार्य समितिले आज नमोबुध्द परिसरमा १००जना भन्दा बढि स्वास्थ्यकर्मीको सहभागितामा सम्पन्न भएको छ। नेपाल स्वास्थ्य प्राविधिक संघ पान काभ्रेको नमोबुध्द नगर कार्य समितिका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्वराज्यमन्त्री रेशम लामा, प्रदेश शभा सदस्य गोमा भुर्तेल, नगर प्रमुख टि.पी. शर्मा नगर उपप्रमुख तथा स्वस्थ्य शाखा प्रमुख र मेथिन्कोट अस्पतालका प्रमुखज्युहरुकोको उत्साह जनक उपस्थिती रहेको थियो।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढाईले स्वास्थकर्मीले कोभिड-१९को समयमा समुदायमा गरको योगदानको राज्यले उचित मुल्याँकन गर्नु पर्ने बताउँदै स्वास्थ्यकर्मीहरुले ज्यानको पर्वाह नगरी खटेकोमा आभार ब्यक्त गर्नुभयो।
नेपाल स्वास्थ्य प्राविधिक संघ पान काभ्रेको नमोबुध्द नगर कार्य समितिले अबकाश प्राप्त स्वास्थ्यकर्मी राजकुमार थापा तथा बिष्णु परियारलाई सम्मान तथा प्रमाण पत्र बितरण गरेको थियो ।
कार्यक्रममा नेपाल स्वास्थ्य प्राविधिक संघ पान केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष रामसुन्दर यादब तथा नेपाल स्वास्थ्य प्राविधिक संघ काभ्रेको जिल्ला अध्यक्ष सन्दीप के.सी. ले संगठनको महत्व औचित्य तथा बैधानिकता बारे प्रशिक्षण गर्नु भएको थियो। नेपाल स्वास्थ्य प्राविधिक संघ पान केन्द्रिय समितिका सचिव तथा सचिवालय सदस्य श्याम कुमार ओलीको समेत सहभागिता रहेको थियो ।
स्वास्थ्यकर्मीको आवाज बुलन्द गर्दै जनताको स्वास्थ्य स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न पानले निरन्तर कार्य गर्दै आएकोमा संगठन बिस्तार गर्ने क्रममा दुई महिना अगाडी नमोबुध्द नगरपालिका तथा धुलिखेल नगरपालिका र माहाभारत र खानिखोला गाउँपालिकामा पालिका स्तरिय समिति गठन गरेको थियो ।
Above Article Content Ad
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad